यातायातमन्त्री दाहालले जनाए ट्रक व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता

ललितपुर । बाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङलगायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भारतीय ट्रकको निर्वाध नेपाल आवागमनलाई कडाइसँगै बिमालगायत समस्या समाधानमा संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

footwear zone

महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरे ।
हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले जानकारी दिए ।महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको सातै प्रदेशमा प्रदेश संयोजक पनि निवार्चित हुनेछन् ।

महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका छन् ।

You might also like

Comments are closed.