ट्राफिक व्यवस्थापनमा यती एअरलाइन्सको साथ

काठमाडौं । अग्रणी वायुसेवा संस्था यती एअरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँंगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान–द्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाईट जडान गरेको छ ।
यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।

उक्त ट्राफिक बत्तीको बिहीबार यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त उद्घाटन गरे । सो अवसरमा एअरलाइन्सका सिईओ रिमालले ट्राफिक संकेत बत्ती कन्ट्रोल स्वीचको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले यती एअरलाइन्सलाई धन्यवाद ज्ञापन गर्दै शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न संघसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताए । ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासन सिकाउने अपेक्षा लिएको उनको भनाई छ ।

footwear zone

सोही कार्यक्रममा एअरलाइन्सका प्रशासन निर्देशक अन्जन बड्गामीले ट्राफिक बत्तीले यस क्षेत्रमा हुने दुर्घटनालाई रोक्ने र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।

काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले विदेशी पर्यटक बाहिर निस्कने ठाउँमा यस्तो संकेत बत्ती राख्ने सह्रानीय कार्य भएको बताउँदै यसको संरक्षण र निरन्तरताका लागि वडाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुहरु समयमै विमानस्थल पुग्न कठिनाई हुने गरेकोले महानगरीय ट्राफिक महाशाखासँगको सहकार्यमा यो ट्राफिक लाईट जडान गरेको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यस ट्राफिक संकेत बत्तीले गर्दा यस क्षेत्रको ट्राफिक व्यवस्थाापनमा सहज भर्ई वायुयान मार्फत् यात्रा गर्ने यात्रुहरुलाई समयमै विमानस्थल आवतजावत गर्न सहज हुने उनको भनाइ छ ।

एअरलाइन्सले विगतमा ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण, उक्त क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुका साथै ट्राफिक सूचना बोर्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यसैगरी, ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोरोसेन्ट ज्याकेट समेत वितरण गरेको बर्तौलाले बताए ।

You might also like

Comments are closed.