काठमाडौं । यती एअरलाइन्सले दसैं, तिहार, छठलाई लक्षित गरी उपहार योजना ल्याएको छ । दसैं घटस्थापनाको दिन असोज २१ देखि कात्तिक २४ गतेसम्म लागु हुने गरी कम्पनीले अफर सार्वजनिक गरेको हो ।
यती एयरलाइन्स मार्फत् उडान गर्ने यात्रुहरु यस योजनामा सहभागी हुन सक्नेछन् । एकैपटक दुइतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउनेछन् भने एकतर्फी टिकट लिँदा १ वटा मात्र कुपन प्राप्त गर्नेछन् । जति धेरै उडान, उति नै धेरै उपहार जित्ने मौकासहित कम्पनीले यो अफर ल्याएको बताइएको छ ।
बम्पर उपहार अन्तर्गत भाग्यमानी यात्रुले यामाहाको १२५ सिसीको एफआई सिस्टमको फ्यासिनो स्कुटर उपहार जित्नेछन् । दोस्रो उपहार अन्तर्गत एक जोडीले दुवईको राउण्ड ट्रिप टिकट प्राप्त गर्नेछन् भने तेस्रो उपहारमा डाइमण्ड इयरटप प्राप्त गर्नेछन् ।

यात्रुले यती मोबाइल एप, नजिकको सेल्स काउन्टर तथा ट्राभल एजेन्सीहरुमार्फत टिकट गर्न सक्नेछन् ।




Comments are closed.