काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आन्तरिक बायुसेवामा पहिलो पटक ईलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ । शुक्रबारदेखि यती एअरलाईन्स मार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सरसामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ ।
अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरुले यसको प्रयोग पहिलेदेखि नै गर्दै आएपनी आन्तरिक वायुसेवामा यतीले पहिलो पटक यसको प्रयोग गरेको हो । पहिलो लकडाउन पश्चात् इलेक्ट्रोनिक बोर्डिङ पासको शुरुआत गरेको यतीले हाल ब्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको हो । यती एअरलाईन्स यात्रु तथा यात्रुको सरसामानको सुरक्षामा सधै संबेदनसिल छ, हाम्रो सुरक्षात्मक प्रणालिलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरुप यसको शुरूवात भएको हो, यसको प्रयोगले अन्तरास्ट्रिय मापदण्ड अनुसारको सुरक्षात्मक प्रणाली अनुरुप बायुयान संचालनमा मद्धत पुग्ने यती एअरलाईन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
पहिलो चरणमा परिक्षणको लागि काठमाडौंबाट जाने लगेज तथा सरसामानमा यसको प्रयोग गरिने र आवश्यक संसोधन तथा परिमार्जन पश्चात् यती एअरलाईन्स तथा तारा एअरका सम्पुर्ण उडान हुने क्षेत्रमा प्रयोग गरिने बताइएको छ । यसको प्रयोगले यात्रु तथा सरसामानको रिकन्सिलियसन (मेलमिलाप) गर्न अझ सहज हुने तथा सरसामान हराउने तथा छुट्ने समस्या कम गर्न मद्दत पुग्ने बर्तौलाले बताए ।

इलेक्ट्रोनिक ट्यागमा गन्तव्य स्थान, फ्लाइट नं, ट्याग नं, यात्रुको नाम तथा बारकोड उल्लेख हुनेछ । यात्रु चेकईन गर्दा यात्रुको बोर्डिङ पास संगै सामानको ट्यागपनी कम्प्युटर प्रणालिबाट प्रिन्ट भएर आउने छ । बारकोड रिडर मार्फत चेक गरेर मात्र वायुयानमा लोड गर्दा अतिरिक्त सामान वायुयानमा नगई चेक इन गरेका सामानमात्र गन्तब्यमा पुग्ने हुँदा यात्रु सुरक्षामा मद्दत पुग्ने एअरलाईन्सले जानकारी दिएको छ ।




Comments are closed.