काठमाडौं । यती एअरलाइन्सको टिकटमा नेपाली युवा उद्यमी मञ्चका सदस्यहरुले विशेष सहुलियत पाउने भएका छन् । यी दुवै संस्थाबीच शुक्रबार एक कार्यक्रमबीच व्यावसायिक साझेदारी भएको छ ।
सम्झौता पत्रमा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र मञ्चका अध्यक्ष उदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् । युवा उद्यमीहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको रिमालले बताए ।
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्ससँग भएको सहकार्यसँगै अब मञ्चमा आबद्ध युवा उद्यमीहरुले यतीका जहाजमार्फत आवतजावत गर्दा विशेष सहुलित प्राप्त गर्नेछन् । ‘देशभरका युवाहरुलाई यो सम्झौताले सहज भएको छ,’ श्रेष्ठले भने ।

मञ्चमा हाल ७ सय युवा उद्यमीहरु आबद्ध छन् । केन्द्रीय समितिसँगै प्रदेशमा च्याप्टरहरु क्रियाशील छन् ।




Comments are closed.