काठमाडौं । यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा ल्याएको छ । भाइबरमा ‘५-वटा-१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने छ ।
यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । “भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’ को व्यवस्था गरी यो सेवा २०७९ आषाढ १६ गतेबाट सुरु हुनेछ ।हाम्रो भर्चुअल काउन्टर बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म १२ घण्टा खुल्ला रहने छ, सो समयभित्र यात्रुहरुले ‘५-वटा-१०’ भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुने छ । टिकटको भुक्तानी क्यूआर कोडमार्फत् सजिलैसँग गरी टिकट लिन सकिने छ ।” यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
हाल यती एअरलाइन्सको टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई-सेवा र खल्ती मार्फत् उपलब्ध छ भने अब यात्रुहरुले भाइबरमार्फत् पनि टिकट लिन सक्नेछन् ।

यात्रुहरुले सकेसम्म छिटो र सरल तरिकाले यती एअरलाइन्सको टिकट भाइबरबाट लिन सक्नेछन् । हाललाई यो सेवा मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको छ, केही समयपश्चात् कल पनि गर्न मिल्ने व्यवस्था मिलाउने यती एअरलाइन्सले जनाएको छ ।




Comments are closed.