यती एयरलाइन्सद्वारा कर्मचारीका छोराछोरी पुरस्कृत

काठमाडौं । यती एयरलाइन्सले कर्मचारीका छोराछोरीलाई पुरस्कृत गरेको छ । राष्ट्रका भविष्यका नागरिकलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको एयरलाइन्सले जनाएको छ ।

कर्मचारीका कक्षा ५ देखि १० सम्म अध्ययनरत छोराछोरी मध्यबाट यस वर्ष अध्ययनमा उत्कृष्ट भएका ३ जना छोराछोरीलाई विभिन्न कोटामा पुरस्कृत गरिएको एयरलाइन्सले जनाएको छ ।

अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले एक वर्षको छात्रवृत्ति स्वरुप प्रति व्यक्ति ५० /५० हजार रुपैयाँ बराबरको चेक प्रदान गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उक्त रकम उनिहरुको अभिभावकलाई हस्तान्तरण गरिएको हो ।

footwear zone

पुरस्कृत हुनेमा फाइनान्स डिपार्टमेन्टका कोशिष गौतमका छोरा सार्थक गौतम, इन्जिनियरिङ डिपार्टमेन्टका विजय न्यौपानेकी छोरी इभा न्यौपाने र इन्जिनियरिङ डिपार्टमेन्टका मनोज कुमार यादवका छोरा निकेस यादव रहेका छन् ।

You might also like

Comments are closed.