यती एअरलाईन्स २४ बर्ष पुरा, हालसम्म १५ हजार ९२५ उडान

काठमाडौं । नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाईन्सको हवाई यात्रा २४ बर्ष पुरा भएको छ । तत्कालीन हवाई बिभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनी २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक बर्ष बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।

नेपालमा हवाईसेवाको बिकासमा महत्त्वपूर्ण योगदान रहेको यस एअरलाईन्सको शुरूवात २ वटा ट्विनअटर वायुयानबाट भएको थियो । २४ बर्षे यात्राको दौरानमा यो एअरलाईन्ससंग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ ।

यो यात्रामा डिएचसी-६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० ट्विनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एअरले नेपालमा हवाईसेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ ।

footwear zone

यस एअरका प्राबिधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा संचालित सम्पुर्ण एअरलाईन्समा कार्यरत रहेको यती एअरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार ”यतीको २४ बर्षे यात्रा लगनशिल तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो साथै यतीका संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ ।”१ बर्षको अवधिमा ५ वटा विमान मार्फत यस एअरलाईन्सले १५ हजार ९२५ उडान उडान मार्फत १० लाख ५ हजार छ सय सतहत्तर यात्रुहरुलाई सेवा दिएको छ भने २७ हजार ६६३ बिदेशी पर्यटकलाई सेवा दिएको छ साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरियर बोकेको छ ।

यो अवधिमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एअरलाईन्सले जानकारी दिएको छ ।हालै एउटा विमान थपेको यती संग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै बर्ष एउटा विमान ल्याउने योजना छ ।

You might also like

Comments are closed.