काठमाडौं । नीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । ‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ योजनाअन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुहरुलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।
यात्रुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचरका साथै हरेक हप्ता एक÷एक जनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाईट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एअरलाइन्सले जनाएको छ । घटस्थापनाको दिनदेखि लागू हुने यस दसैंै, तिहार र छठ योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार श्री बालाजी डायमण्ड (एसबिडी) र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो ।
त्यस्तै, हात खाली नजाने उपहारहरुको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एअरलाइन्सले गरेको छ । असोज १० गते (घटस्थापना) देखि कात्तिक २५ गतेसम्म चल्ने यो योजनाअन्तर्गत अग्रिम टिकट बुकिङ गरी सोही समयाधिमा उडान भर्ने सम्पूर्ण यात्रुहरुलाई यो योजना लागू हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

तीन वटा बम्पर उपहारहरु जित्नको लागि तोकिएको समावधिभित्र यती एअरलाइन्ससँग यात्रा गर्नुपर्नेछ । हात खाली नजाने उपहारको लागि यती यात्रुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्यूआर कोड’ स्क्यान गर्नुपर्नेछ ।
त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नका लागि सोही कुपनको फोटो खिची यती एअरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एअरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’गर्ने बताइएको छ ।
यात्रुले एकपटक यात्रा गर्दा नै २÷३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको छ । दसैं र तिहारको समयमा साथीभाइसँगको कुराकानीलाई अझ रमाइलो बनाउनका लागि यती एअरलाइन्सले भाइबरसँगको सहकार्यमा ‘यतीको उडान’नामक भाइबर स्टिकर पनि सार्वजनिक गरेको छ । निकै हर्षोल्लासका साथ मनाइने नेपालीहरुको महान चाडमा यती एअरलाइन्ससँग आरामदायी यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकुन भन्ने उद्देश्य रहेको एअरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारी दिए ।
असोज १० देखि कात्तिक २५ सम्म उडान भरेका टिकट नम्बरलाई गोलाप्रथामार्फत् प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने र सो को नतिजा एअरलाइन्सको फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । साथै, साप्ताहिक पुरस्कारहरुको बिजेता घोषणा सोसल मिडियामा पोस्ट हुने पनि बर्तौलाले जानकारी दिए ।




Comments are closed.