यती स्काई क्लब सदस्यलाई काठमाडौंका विभिन्न रेष्टुरेन्टहरुमा ५० प्रतिशतसम्म छुट

काठमाडौं ।  यती एयरलाइन्सका स्काई क्लब सदस्यहरुले अब भोज डिल्समा छुट पाउने भएका छन् ।

प्रसिद्ध फुड एप भोज डिल्ससँगको सहकार्यमा यतीले आफ्नो स्काई क्लबका सदस्यहरुलाई काठमाडौंका १५० वटा भन्दा बढी रेष्टुरेन्टहरुमा डिस्काउण्ट पाउने व्यवस्था मिलाएको हो ।

भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्टुरेन्टमा बिल भुक्तानी गर्दा यती एयरलाइन्सको स्काई क्लब कार्ड देखाएमा १० देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।यती एयरलाइन्सले लोयल्टी प्रोग्राम अन्तर्गत स्काई क्लबको सदस्यता लिएका यात्रुहरुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आइरहेको छ भने आफ्ना फ्रिक्वेन्ट फ्लायर्सहरुलाई थप सुविधा दिने उद्देश्यले ‘डाइन इन डिल्स’मा यो छुटको सुविधा दिने व्यवस्था मिलाइएको हो ।

footwear zone

यो सुविधा मंसिर १ बाट काठमाडौं उपत्यकाका विभिन्न १५० वटा भन्दाबढी रेष्टुरेन्टमा लागू हुनेछ । कुन रेष्टुरेन्टमा कति छुट पाउने भन्ने जानकारी यती एयरलाइन्सको वेबसाइटबाट लिन सकिने छ ।यती स्काई क्लबको नयाँ सदस्य बन्नका लागि एयरलाइन्सको वेबसाईट वा यती मोबाइल एपमार्फत् अनलाइन रिक्वेस्ट पठाउन सकिन्छ भने, सम्पर्क गरेर पनि सजिलै निःशुल्क सदस्यता लिन सकिने जानकारी एयरलाइन्सले दिएको छ ।

You might also like

Comments are closed.