काठमाडौं । यती एअरलाइन्स स्थापनाको २५ वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ ।
२५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले स्थापनादेखि नै यती एअरलाईन्सलाई यो उचाईमा पुरÞ्याई सफल बनाउन पाएकोमा गर्व महशुस भएको बताएका छन् । ‘यस सुखद क्षणमा यात्रु महानुभाव, कर्मचारी र शुभेच्छुक सबैमा हार्दिक आभार प्रकट गर्दछु,’ उनले भनेका छन् ।
यतीले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सेप्टेम्वर २१, १९९८ मा कल साईन ९एन–एइभी जहाजमार्फत पहिलो उडान सुरुवात गरेको थियो । ‘आज नेपाली आकाशमा उडान भरेको २५ औं वार्षिकोत्सव मनाउने सौभाग्य पाएकोमा गौरवान्वित भएका छौं,’ रिमालले भनेका छन् ।

आगामी दिनमा एअरलाईन्सलाई थप उचाईमा पुरÞ्याउन दृढ आत्मविश्वास र कर्तव्यनिष्ठ भई जिम्मेवारी बहन गर्ने एअरलाइन्सले जनाएको छ ।
यती एअरलायन्सले यस वर्ष वार्षिकोत्सवको अवसरमा कुनैपनि औपचारिक कार्यक्रम भने गरेको छैन ।




Comments are closed.