यतीको ‘यति मिठो अफर’ , यती एअरलाइन्स र फुडमाण्डुबीच सम्झौता

काठमाडौं, २४ चैत । आन्तरिक हवाई उडानमा सबैभन्दा धेरै गन्तव्यमा उडान भर्ने अग्रणी संस्था यती एअरलाइन्सको मोबाइल एप्सलाई प्रभावकारी बनाउने उद्देश्यले एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई ‘फुडमाण्डु’मा सहुलियत दिने भएको छ ।

एअरलाइन्सले आफ्नो एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई चर्चित अनलाइन फुड डेलीभरी सर्भिस फुडमाण्डु मार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत वा रु. ५०० सम्मको सहुलियत दिने व्यवस्था गरेको हो ।

यती एअरलाइन्सको एप्स डाउनलोड गरी रजिष्ट्रर गरेपछि एउटा युनिक कोड प्राप्त गर्न सकिने र फुडमाण्डुमा खानेकुरा अर्डर गर्दा कोड प्रयोग गरी रु. ५०० सम्म सहुलियत पाउने एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
यो सहुलियत प्राप्त गर्नका लागि कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गरिसक्नुपर्नेछ । ‘यति मिठो अफर’ हालको लागि ३ महिनासम्म रहने र यसको फाइदा इच्छुक जोकोहीले लिन सक्ने एअरलाइन्सले जनाएको छ ।

footwear zone

पछिल्लो समय हवाई यात्रुमाझ लोकप्रिय र प्रभावकारी बन्दै गएको यती एअरलाइन्सको एप्स डाउनलोड गरी यात्रुले टिकट खरिद गर्दा हवाई भाडामा आकर्षक छुट समेत प्राप्त गर्न सक्नेछन । यो एप्स मार्फत यात्रुहरुले टिकट खरिद गर्न, दैनिक उडान सम्बन्धी जानकारी प्राप्त गर्न, दैनिक अफरहरुको जानकारी लिन, कार्गो ट्रयाक गर्न, उडान तालिका बुझ्न तथा माइलेज चेक गर्न सकिने भएकोले यात्रुहरुले मन पराउनु भएको प्रवक्ता बतौलाले बताए । यात्रुलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले साझेदारी निकायसँग सहकार्य गर्ने क्रममा फुडमाण्डुसँग सम्झौता गरेको एअरलाइन्सले जनाएको छ ।

यो एप्स एण्ड्रोइडको प्ले स्टोर र आइओएस को एप स्टोरमा ‘यती एअरलाइन्स’ सर्च गरी डाउनलोड गर्न सकिने छ ।
एप्स डाउनलोड गर्नका लागि लिंकः Play store: t.ly/5neO, App store: t.ly/c1V8

You might also like

Comments are closed.