नेपाल मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच हवाईजहाजमार्पmत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रअनुसार, देशमा हेलिकप्टर तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने छन् । सम्झौता कार्यान्वयनसम्बन्धी व्यवस्थाले बिरामीलाई रात्रीकालिन उद्धार उडान गर्नसमेत सहज हुनेछ ।

मेडिसिटी अस्पतालले बिरामीलाई हवाई तथा ग्राउण्ड एम्बुलेन्समार्पmत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने अस्पतालका महाप्रबन्धक रिमालले बताए ।

footwear zone

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार मेडिसिटी अस्पतालसँगको सहकार्यले हाम्रा उडान सेवा उपलब्ध हुने स्थानबाट आकस्मिक उपचार तथा एयर लिफ्ट गरी थप उपचारको लागि बिरामीको आवश्यकताअनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुनेछ । कोरोना महामारी स्थितिमा उपलब्ध हवाई सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहयोग पुग्ने छ ।

You might also like

Comments are closed.