मंसिरदेखि पर्यटकीय गतिविधि खुल्ला: मन्त्री भट्टराई

 

सोलुखुम्बु ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएका हुन् ।

footwear zone

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.