लैंगिक हिंसा र बाल–विवाह विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको अभियान शुरु

काठमाडौं । बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले बिहीबारबाट  लैंगिक हिंसा विरुद्ध अभियान शुरु गरेको छ । यो अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) सँगै शुरु हुँदैछ ।

महिलाहरु माथि निरन्तर रुपमा हिंसाको घटनाहरु भैराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाई नहुने र साथ नपाईने डरले उजुरी गर्दैनन् । “कहिलेकाँही यस्तो भैहाल्छ नि, एकचोटिलाई छोड्देउ” भनेर लैंगिक हिंसाका यस्ता धेरै घटनाहरु सामसुम पारिन्छन् ।

यसैलाई मध्यनजर गर्दै जोन्टाले “कहिलेकाँही होइन, कहिले पनि हुँदैन” भन्ने सन्देश दिने गरि ४ वटा शर्ट फिल्महरु बनाएको छ । यी शर्ट फिल्महरुले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले जानकारी दिइन् । उनले भनिन्,“ हामी आशा गर्दछौ,ँ यी भिडियोहरुले पीडितहरुलाई सहयोग माग्न हौसला दिनुको साथै सुरक्षित रुपमा सहयोग लिन सकिने ठाँउहरुको बारेमा जानकारी दिनेछन्।”

footwear zone

यससँगै जोन्टाले अभियानको एक हिस्साको रुपमा काठमाडौंको विभिन्न सार्वजनिक स्थलहरुमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दैछ । सामाजिक सन्देश प्रवाह गर्नको लागि सडक नाटकहरु बढी प्रभावकारी हुने भएकोले यिनीहरु मार्फत “लैंगिक हिंसा र बाल–विवाह विरुद्ध आवाज उठाऔँ” भन्ने मुख्य सन्देश फैलाउन हामी निरन्तर लागि पर्नेछौँ” , जोन्टा काठमाडौंको सदस्य एवम अधिवक्ता रत्न कार्कीले भनिन् ।

जोन्टा काठमाडौंले हिंसामा परेका महिला र बालिकाहरुको सहयोगको लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । यसको साथै घरेलु हिंसा र कार्यस्थल जन्य हिंसापीडित महिलाहरुलाई कानुनी सल्लाह र सहयोग प्रदान गर्नको लागि जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि खडा गरेको छ ।

उक्त अभियान कार्यक्रममा सरकारी कर्मचारीहरु, कुटनितीज्ञहरु, डेभलपमेन्ट पार्ट्नरस, नागरिक समाजका सदस्यहरु र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । उक्त भिडियोहरु सिद्दार्थ बैंक र एमजिको आर्थिक सहयोगमा बनाइएको थियो ।

You might also like

Comments are closed.