जुलोजिकल पार्कको विवाद मिलाएर लैजान आग्रह

गण्डकी । पोखरा महानगरपालिकाको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाइटेड क्लबका सल्लाहकारहरूले जोड दिएका छन् । सामाजिक क्षेत्रमा अग्रणी युनाइटेड क्लबको पाचौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सल्लाहकारको तेस्रोे बैठकमा अधिकांश सल्लाहकारले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजान पहलकदमी गर्नुपर्ने बताए ।

क्लबका सल्लाहकार सुशीलराज पराजुलीले युनाइटेड क्लबको पहलकदमी र प्रदेश सरकारको सहयोगमा पोखरा जुलोजिकल पार्क निर्माणको काम जारी रहँदा केही स्थानीय र पार्क व्यवस्थापन समितिबीच विवाद भई अदालती प्रक्रियामा रहेकाले त्यसलाई सुल्झाउनुको विकल्प नभएको बताए । पार्क निर्माणका लागि स्थानीयवासीसँग छलफल गरी कानून व्यवसायीसँग सल्लाह लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अर्का सल्लाहकार श्यामकृष्ण श्रेष्ठले क्लबले स्थापनाकालदेखि पोखरामा खुला चिडियाखाना निर्माणका लागि भन्दै रकम छुट्याएको र चिडियाखाना क्लबको ‘ड्रिम प्रोजेक्ट’ भएकाले जस्तोसुकै विवादलाई पनि सुल्झाएर अघि बढ्नुपर्नेमा जोड दिए । सल्लाहकार पवित्रादेवी गुरुङले चिडियाखाना निर्माण प्रक्रिया अघि बढिरहँदा केही त्रुटिका कारण काम रोकिएकाले त्यसलाई अघि बढाउन सबै पक्ष मिलेर जानुको विकल्प नरहेको बताइन् ।

footwear zone

क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमालय बख्रेलले पार्कको विवाद समाधानका लागि आफूले पहलकदमी थाल्ने प्रतिबद्धता व्यक्त गर्दै क्लबको उद्देश्यमा आफू सधैं लाग्ने उल्लेख गरे । सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लबले हालै पोखराको साहित्यको उद्गमस्थल अर्घौ अर्चलेमा जग्गा किनेकामा खुशी व्यक्त गर्दै उक्त क्षेत्रमा साहित्यिक पर्यटनलाई आकर्षित गर्ने गरी काम गर्न सके राम्रो हुने बताए । क्लबका सल्लाहकार प्रेमछिरी शेर्पा, पूर्वअध्यक्ष तथा सल्लाहकार सुकबहादुर गुरुङ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, लीलाधर अधिकारी, गोविन्द अधिकारी, अध्यक्ष राजु श्रेष्ठ, महासचिव शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष लोकबहादुर थापाले क्लबले सामाजिक क्षेत्रमा गरिरहेका विभिन्न कामबारे प्रकाश पारे ।

You might also like

Comments are closed.