पोखरा । गर्मी महिनामा स्विमिङ पुलमा धेरैको भिडभाड भएपनि जाडो मौषममा सुनसान हुन्छन् । जाडो मौषममा चिसो पानीमा पौडी खेल्न अवम्भव जस्तै हुन्छ । चिसो मौषममा तातो पानीमा पौडिन पाउनुको मज्जा भने बेग्लै हुन्छ ।
यसैक्रममा ‘सबै मौषमका लागि स्विमिङ पुल’को अवधारणासहित म्याजिलाइन स्विमिङ पुलले सेवा प्रदान सुरु गरेको छ । स्विमिङ पुल निर्माणका लागि नेपालकै प्रशिद्ध कम्पनी म्याजिलाइनले ‘हिटिङ सिस्टम’को स्विमिङ पुलको सेवा दिन सुरु गरेको हो । चिसो मौषमलाई लक्षित गरी कम्पनीले हिटिङ सिस्टमको पुल निर्माण तथा पुरानो स्विमिङ पुलमा हिटिङ सिस्टम जडानको काम गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन पोखरेलले जानकारी दिए ।
युरोपबाट हिटिङ मेसिन आयात गरी स्विमिङ पुलमा जडान गरिने पोखरेलले जानकारी दिए । ‘नेपालका केही स्विमिङ पुलमा हिटिङ सिस्टम जडानको काम भइरहेको छ,’ उनले भने, ‘निर्माणाधीन स्विमिङ पुलमा हिटिङ सिस्टम जडानका लागि समेत माग भइरहेको छ ।’ हावाबाट तातो तान्ने र बिजुलीबाट चल्ने दुवै खालको हिटिङ सिस्टम आफूहरुसँग रहेको पोखरेलले जानकारी दिए । २८ डिग्रीसम्मको तापक्रममा पानी तातो हुने गरी हिटिङ सिस्टमले काम गर्ने उनले बताए ।

कम्पनीले स्विमिङ पुलहरुको डिजाइन, काउन्सिलिङ, निर्माण लगायतका काम गर्दै आइरहेको छ । नयाँ स्विमिङ पुल बनाउनुका साथै पुराना पुलहरुको मर्मत तथा पुननिर्माण लगायतको काम कम्पनीले बिगत ८ वर्षदेखि गर्दै आइरहेको छ । ‘दक्ष जनशक्तिबाट हामीले स्तरीय सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘स्विमिङ पुल निर्माणका लागि म्याजिलाइन कम्पनी निकै भरपर्दो र गुणस्तरीय छ ।’

फ्रान्सको म्याजिलाइन प्रविधि भरपर्दो तथा गुणस्तरीय भएकाले धेरैको रोजाइमा कम्पनी पर्न सफल भएको पोखरेल बताउँछन् । ‘सार्वजनिक पुलहरु, स्कुल तथा कलेजका ट्रेनिङ पुलहरु, होटल तथा रिसोर्टका डिजाइन पुलहरुको काम कम्पनीले गर्दै आइरहेको छ,’ उनले भने । नेपालमा हाइड्रोथेरापी पुलको काम गर्ने एक मात्रै कम्पनी पुल बजार प्रालि रहेको पोखरेलले जानकारी दिए ।
स्विमिङ पुलहरुमा प्रयोग हुने क्यामिकलको बिक्री वितरण पनि कम्पनीले गर्दै आइरहेको छ । काठमाडौंको सामाखुसीमा प्रधान कार्यालय रहेको कम्पनीको शाखा कार्यालयहरु पोखरा, विराटनगर, वुटवल र कोहलपुरमा छन् ।
कम्पनीले लिफ्ट डिजाइन, निर्माण तथा मर्मतको काम पनि गर्दै आइरहेको छ । स्विमिङ पुलका लागि प्रयोग हुने सम्पूर्ण सामानहरु कम्पनीले फ्रान्सबाटै आयात गर्दै आइरहेको छ । १० वर्षे ग्यारेन्टीका साथ कम्पनीले काम गरिरहेको पोखरेलले जानकारी दिए ।
र यो पनि,




Comments are closed.