तिहारमा मिसियो खरिद गर्दा २५ प्रतिशत छुट

काठमाडौं । तिहारको अवसरमा अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियो खरिद गर्ने ग्राहकले विशेष छुट पाउने भएका छन् । मिसियोको शोरुम नयाँबानेश्वर र सिभिल मलमा सपिङ गर्ने ग्राहकलाई दसैं अफर अन्तर्गत २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउसले जनाएको छ ।

नबिल, स्टाण्डर्ड चार्टर, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, एनआइसी एसिया र हिमालय बैंकका डेविट र क्रेडिट कार्ड बाहक ग्राहकले मिसियो खरिदमा २५ प्रतिशत छुट पाउनेछन् । काठमाडौंको सिभिल मल र नयाँ बानेश्वरमा रहेको मिसियोका दुवै सोरुममा ग्राहकले अफर पाउनेछन् । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधासमेत प्राप्त गर्नेछन् ।

नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरी ल्याइएको अफरले ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।

footwear zone

र यो पनि

अन्तर्राष्ट्रिय ब्राण्ड मिसियोका लागि देशभर फ्रेन्चाइज पार्टनर आह्वान

मिसियोका ग्राहकलाई फाइनान्स सुविधा, ‘वयर नाउ पे लेटर’ अफर सुरु

You might also like

Comments are closed.